शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल

सारांश

  • संविधान दिवसका अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा शान्ति, सुशासन, पुनर्निर्माण र जवाफदेहिताको अपेक्षा व्यक्त गरेका छन् ।
  •   एक विज्ञप्ति मार्फत पौडेलले संविधान दिवसको शुभकामना दिँदै हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजन र घाइतेप्रति समवेदना र शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
  • उनले आन्दोलनको क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र क्षतिग्रस्त संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

३ असोज, काठमाडौं ।

संविधान दिवसका अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा शान्ति, सुशासन, पुनर्निर्माण र जवाफदेहिताको अपेक्षा व्यक्त गरेका छन् ।  एक विज्ञप्ति मार्फत पौडेलले संविधान दिवसको शुभकामना दिँदै हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजन र घाइतेप्रति समवेदना र शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनले आन्दोलनको क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र क्षतिग्रस्त संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्नेमा पौडेलले जोड दिएका छन् । उनका अनुसार जेनजी आन्दोलन उत्पन्न हुनुमा युवा पुस्ताको असन्तुष्टि, भ्रष्टाचार, सुशासनको अभाव र कमजोर सेवा प्रवाह प्रमुख कारण हुन् ।  उनले आन्दोलनका कारण र पृष्ठभूमिको सम्बोधन आवश्यक भए पनि आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीलाई निन्दनीय भनेका छन् ।

पार्टीगत समीक्षा गर्दै पौडेलले नेकपा (एमाले) ले विगतमा लिएका निर्णय र तिनका परिणामबारे गम्भीर समीक्षा हुने बताएका छन् । व्यक्तिगत रूपमा आफ्नो कमजोरी र गल्तीप्रति क्षमायाचना पनि गरेका छन् ।  उनले अबको मार्गदिशामा नयाँ पुस्तासँगको एकता, युवाशक्तिको निर्णायक सहभागिता र संगठन तथा कार्यशैलीमा परिवर्तनका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् ।  पौडेलले संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिनु आवश्यक रहेको उल्लेख गर्दै आपसी सद्भाव र एकताको बलमा देश विकास, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ
नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
बाढीले बगाएर बेपत्ता भएका रमेशको शव फेला
बाढीले बगाएर बेपत्ता भएका रमेशको शव फेला
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमानी हुन्
ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमानी हुन्
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल