सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल

सारांश

  • संविधान दिवसका अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा शान्ति, सुशासन, पुनर्निर्माण र जवाफदेहिताको अपेक्षा व्यक्त गरेका छन् ।
  •   एक विज्ञप्ति मार्फत पौडेलले संविधान दिवसको शुभकामना दिँदै हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजन र घाइतेप्रति समवेदना र शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
  • उनले आन्दोलनको क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र क्षतिग्रस्त संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

३ असोज, काठमाडौं ।

संविधान दिवसका अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा शान्ति, सुशासन, पुनर्निर्माण र जवाफदेहिताको अपेक्षा व्यक्त गरेका छन् ।  एक विज्ञप्ति मार्फत पौडेलले संविधान दिवसको शुभकामना दिँदै हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजन र घाइतेप्रति समवेदना र शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनले आन्दोलनको क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र क्षतिग्रस्त संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्नेमा पौडेलले जोड दिएका छन् । उनका अनुसार जेनजी आन्दोलन उत्पन्न हुनुमा युवा पुस्ताको असन्तुष्टि, भ्रष्टाचार, सुशासनको अभाव र कमजोर सेवा प्रवाह प्रमुख कारण हुन् ।  उनले आन्दोलनका कारण र पृष्ठभूमिको सम्बोधन आवश्यक भए पनि आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीलाई निन्दनीय भनेका छन् ।

पार्टीगत समीक्षा गर्दै पौडेलले नेकपा (एमाले) ले विगतमा लिएका निर्णय र तिनका परिणामबारे गम्भीर समीक्षा हुने बताएका छन् । व्यक्तिगत रूपमा आफ्नो कमजोरी र गल्तीप्रति क्षमायाचना पनि गरेका छन् ।  उनले अबको मार्गदिशामा नयाँ पुस्तासँगको एकता, युवाशक्तिको निर्णायक सहभागिता र संगठन तथा कार्यशैलीमा परिवर्तनका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् ।  पौडेलले संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिनु आवश्यक रहेको उल्लेख गर्दै आपसी सद्भाव र एकताको बलमा देश विकास, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा