घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र

सारांश

  • प्रहरी प्रधान कार्यालयले मातहत कार्यालयलाई सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन दिएको छ।
  • घुमुवा प्रहरी गैर-व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए।
  • उक्त निर्देशनसँगै कार्यालयले सादा पोशाकमा खटिने प्रहरीको जिम्मेवारी परिवर्तन गर्न मातहत कार्यालयमा निर्देशन जारी गरेको हो।

१५ चैत, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मातहत कार्यालयलाई सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन दिएको छ।

घुमुवा प्रहरी गैर-व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए। उक्त निर्देशनसँगै कार्यालयले सादा पोशाकमा खटिने प्रहरीको जिम्मेवारी परिवर्तन गर्न मातहत कार्यालयमा निर्देशन जारी गरेको हो। सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूलाई युनिफर्म ड्‍युटीको जिम्मेवारी दिन लागिएको हो।

‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ कार्यालयले जारी गरेको परिपत्रमा भनिएको छ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ। प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, सातै वटा प्रदेश प्रहरी कार्यालय र सातै वटा नेपाल प्रहरी प्रदेश कार्यालयलाई परिपत्र गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
तीन वटा संसदीय समितिको बैठक बस्दै 
तीन वटा संसदीय समितिको बैठक बस्दै 
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै