पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
१८ पटक हेरिएको
Shares
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ ।
  • दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो ।
  • पोखराले यसअघि पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो ।

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो । पोखराले यसअघि पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो । जनकपुरको भने यो लगातार तेस्रो हार हो । जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो ।

साविक विजेतालाई सस्तैमा रोक्न विपीन खत्रीले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा १५ रनमात्र खर्चिएर चार विकेट लिए । ३.७५ को इकोनोमीमा बलिङ गरेका विपीनले ओपनर आसिफ सेख, सुभ कंशाकार, अनिलकुमार साह र मयन यादवलाई पभेलियनको दिशा देखाए । ब्याटिङमा अर्धशतक बनाएका सुमित बर्माले दुई विकेट लिए । कुशल भुर्तेल र जिम्मी निसमले एक–एक विकेट लिए ।  जनकपुरका चार ब्याटरमात्रै दोहोरो अंकसम्म पुग्न सके । आठौँ नम्बरमा ब्याटिङका निम्ति आएका वायन पार्नेलले अर्धशतक बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ३८ बलमा दुई चौका र चार छक्का प्रहार गरे । १९.२ ओभरमा ५० रन पूरा गरेसँगै पार्नेल ‘रिटायर्ट हर्ट’ भए । पार्नेलले जनकपुरबाट आफ्नो पहिलो खेलमै अर्धशतक पूरा गरेका थिए । सोही ओभरको तेस्रो बलमा पोखराका बलर डान डाउथवट पनि ‘रिटायर्ड हर्ट’ भए । अन्तिम ओभरको तेस्रो बल फ्याक्दा पार्नेल मांसपेसीको खिचावका कारण डाउथवेट डगआउटमा फर्किएका हुन् । डाउथवेटको स्थानमा सागर ढकालले बाँकी तीन बल फ्याके ।जनकपुरका सञ्जय कृष्णमुर्थीले २५ र ओपनर माज सदाकले २० रन थपे । अविजित रहेका ललित राजवंशीले १० रन बनाए । जनकपुरका ओपनर आसिफ सेख गोल्डेन डक भए । सुभ कंशाकारले चार, जान निकोल लोफ्टी इटोनले दुई, कप्तान अनिल साहले एक, मयन यादवले चार र रुपेश सिंहले सात रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको थियो । पोखराका सुमितले सर्वाधिक ५० रन बनाए । अविजित रहेका उनले २९ बलमा दुई चौका र चार छक्का प्रहार गरे । पोखराबाट ओपनरद्वय दीनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका निम्ति ८.३ ओभरमा ६१ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दीनेश खरेलले तीन रन बनाए । रोसिङ्टनले १७ बलमा तीन चौकासहित २४ रन थपे । तर, स्कोरबोर्डमा ६४ रन बनाउँदा चार विकेट गुमाएपछि पोखरा पुनः दबाबमा आएको थियो । ६४–४ को स्थितीबाट पाँचौँ विकेटका निम्ति सुमित वर्मा र त्रितराज दासले ७२ रनको साझेदारी गरेपछि पोखरा चुनौतीपूर्ण लक्ष्यसम्म पुगेको हो ।

त्रितराजले  २८ बलमा २९ रन बनाए । पोखराका कप्तान कुशल भुर्तेल ‘गोल्डेन डक’ भए । नवौँ ओभरको चौथो बलमा पोखराले भुर्तेललाई गुमाएको हो । सोही ओभरको तेस्रो बलमा एडम रोसिङ्टन आउट भएपछि भुर्तेल ब्याटिङका निम्ति क्रिजमा ओर्लिएका थिए । तर, लगत्तै चौथो बलमा जनकपुरका सञ्जय कृष्णमुर्थीले भुर्तेललाई बोल्ड गरे । गत सिजन जनकपुरबाटै खेलेको जिम्मी निसम पनि एक रनमै पभेलियन फर्किए । डान डाउथवेटले सात रन बनाए । जनकपुरका सञ्जय कृष्णमुर्थीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सञ्जयले ५.२५ को इकोनोमीसहित २१ रनमात्र खर्चिए । कप्तान अनिल साह र ललितनारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल
प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल
बारामा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू
बारामा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत