३ अर्बका सडक र पुलका ठेक्का रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
३ अर्बका सडक र पुलका ठेक्का रद्द

सारांश

  •   सडक विभागअन्तर्गत ठेक्का लिएर वर्षौंदेखि अलपत्र भएका सडक तथा पुल निर्माणसम्बन्धी ४३ वटा ठेक्का तोडिएका छन् ।
  • ती ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपियाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक जानकारी दिइएको हो ।
  • ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिले नै भएकाले हाल आएर समस्या नरहेको र यदि देखिएमा अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेन्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।

६ पुस, काठमाडौं । 

सडक विभागअन्तर्गत ठेक्का लिएर वर्षौंदेखि अलपत्र भएका सडक तथा पुल निर्माणसम्बन्धी ४३ वटा ठेक्का तोडिएका छन् । ती ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपियाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक जानकारी दिइएको हो ।

ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिले नै भएकाले हाल आएर समस्या नरहेको र यदि देखिएमा अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेन्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायहरूका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपियाँ बजेट विनियोजन गरिएका मध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपियाँ विनियोजन गरिएकामा हालसम्म ११ अर्ब ६४ लाख रुपियाँ मात्र खर्च भएको छ, जुन वार्षिक विनियोजनको ७.६७ प्रतिशत र त्रैमासिक विनियोजनको २४ प्रतिशत मात्र हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे
झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे
लागुऔषधसहित दुई महिला पक्राउ
लागुऔषधसहित दुई महिला पक्राउ