मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

सारांश

  • मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।
  • आज बिहान खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।
  • पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ ।

१७ असोज, काठमाडौँ ।

मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । आज बिहान खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको छ । वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

यता मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा रहेको छ। तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?