अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
६९ पटक हेरिएको
Shares
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला

सारांश

  • ई बदनाम गर्न खोजिएको भन्दै सांसद राजेन्द्रकुमार केसीले आपत्ति जनाएका छन्।
  • सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले संसदबाट कुनै कोषको माग नगरेको समेत उल्लेख गरे।
  • ‘हामीले संसद् विकास  कोष, क्षेत्र विकास कोष वा कुनै पनि कोष हामीले यो हाउसबाट मागेका छैनौँ,’ उनले भने, ‘यसरी सांसद विकास कोषका नाममा कुनै पनि कोषलाई बदनाम गर्नै काम आज भएको छ।

सांसद विकास कोषका नाममा सांसदहरुला५ जेठ, काठमाडौं ।ई बदनाम गर्न खोजिएको भन्दै सांसद राजेन्द्रकुमार केसीले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले संसदबाट कुनै कोषको माग नगरेको समेत उल्लेख गरे।‘हामीले संसद् विकास  कोष, क्षेत्र विकास कोष वा कुनै पनि कोष हामीले यो हाउसबाट मागेका छैनौँ,’ उनले भने, ‘यसरी सांसद विकास कोषका नाममा कुनै पनि कोषलाई बदनाम गर्नै काम आज भएको छ।’

उनले थपे, ‘वास्तवमा सांसद विकासका प्रतिनिधि हुन्। र, त्यो विकास आआफ्नो क्षेत्रमा कमसेकम योजना छनोटमा सहभागीता होस् भन्ने हो। सोही अनुरुप गत वर्ष पनि तत्कालीन अर्थमन्त्रीले ५/५ वटा योजना तपाईंहरुले पनि छनोट गर्नुहोस् है भन्नुभयो र हामीले ५/ ५ वटा योजना दिइम।’ अहिले सांसदका नाममा ३४ अर्ब छुट्याउन लागेको प्रचार भएको भन्दै त्यसले राम्रो सन्देश नजाने समेत बताए। ‘अहिले जुन ३४ अर्ब छुट्याउने भनेको छ, यसले निश्चितरुपमा सांसदहरुको गरिमा राम्रो हुने छैन,’ केसीले भने, ‘त्यसकारण कुनै पनि सांसद कोष अथवा कुनै पनि क्षेत्र विकास कोष नराखियोस्।’ आफूहरुकाे चाहाना योजना छनोटमा सांसदको अलिकति भूमिका रहोस् भन्ने रहेको भन्दै उनले भने, ‘म माननीय अर्थमन्त्रीलाई निवदेन गर्न चाहान्छु कि तपाईंले दिन सक्ने दिनुहोला तर यो कोषको नाममा बदनाम नगर्नुहोला।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
रवि लामिछाने आज भाजपा नेतृत्वसँग भेट गर्ने
रवि लामिछाने आज भाजपा नेतृत्वसँग भेट गर्ने
रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु
रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु