कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
सारांश
- काठमाडौंको टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप भएको छ ।
- आइतबार महानगर प्रहरी कवाडी गोदाम हटाउन पुगेको थियो।
- प्रहरीलाई कवाडी व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो।

२७ माघ, काठमाडौँ। काठमाडौंको टेकुमा कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप भएको छ । आइतबार महानगर प्रहरी कवाडी गोदाम हटाउन पुगेको थियो। प्रहरीलाई कवाडी व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो।

झडपको क्रममा ४ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी रहेका छन् । महानगर प्रहरी मध्ये एक जनाको टाउको र अर्कोको हातमा चोट लागेको बताइएको छ। व्यवसायीले बोत्तल प्रहार गर्न थालेपछि सुरक्षा गर्ने क्रममा झडपको स्थिति सिर्जना भएको महानगर प्रहरीले जनाएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया