देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि संकटमा रहेको बताएका छन् ।
  • नेकपा एमाले ओखलढुंगा जिल्ला समिति र नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रममा बोल्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र द¥हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्ने भन्दै दुर्घटना पुरै टरीसक्यो भन्ने अवस्था नरहेको बताए ।
  • उनले भने, ‘देश अझै पनि संकटमा छ ।

९ पुष, काठमाडौैं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि संकटमा रहेको बताएका छन् । नेकपा एमाले ओखलढुंगा जिल्ला समिति र नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रममा बोल्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र द¥हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्ने भन्दै दुर्घटना पुरै टरीसक्यो भन्ने अवस्था नरहेको बताए । उनले भने, ‘देश अझै पनि संकटमा छ । दुर्घटना अब पूरै टरीसक्यो भन्ने पनि छैन् । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दर्हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ ।

यसलाई रोक्ने जिम्मा कसले लिने, देशलाई फेरि अनिष्टतर्फ जान रोक्ने जिम्मा कसले लिने भन्दा त्यो जिम्मेवारी लिन अगाडि बढ्नुपर्छ भनेर एकताको अभियान सुरु गर्यौं ।’ यस्तै, उनले नेकपा एमालेभित्र रहेका तमाम देशभक्त र वामपन्थीहरु पनि नेपाली कम्युनिष्ट पार्टीमा समायोजित हुने ढोका ओखलढुंगाले खोलिदिएको भन्दै एमालेलाई पनि राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा सामेल हुन अपिल गरेका छन् । उनले भने, ‘नेकपा एमालेभित्र रहेका तमाम देशभक्त र वामपन्थीहरु पनि नेपाली कम्युनिष्ट पार्टीमा समायोजित हुने ढोका ओखलढुंगाले खोलिदिएको छ । म नेकपा एमालेलाई कुनै भ्रममा नपर्न र साच्चिकै राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन अपिल गर्न चाहन्छु ।’

सोही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले पनि जेनजी पुस्ताले खोजे अनुसार राजनीतिमा भएको विकृतीहरुलाई अन्त्य गर्ने र समाजमा भएका विसंगतिहरुलाई अन्मूलन गर्ने काम गरेर देखाउने बताए । उनले भने, ‘जनचाहना र अहिलेको जेनजी पुस्ताले खोजे अनुसार राजनीतिमा भएको विकृतीहरुलाई अन्त्य गर्ने, समाजमा भएका विसंगतिहरुलाई अन्मूलन गर्ने, र जनभावना अनुसार काम गरेर देखाउने छौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण
बालिका बला*त्कारको आरोपमा एक जान पक्राउ
बालिका बला*त्कारको आरोपमा एक जान पक्राउ
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने
सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा