गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

सारांश

  •  एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् ।
  • बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरूले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका हुन् ।
  • अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् ।

८ असोज ,महोत्तरी । एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् ।

बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरूले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका हुन् । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् । ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरू आजदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले बताए ।

मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए । महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयहरूमा शनिबारसम्मका लागि बिदा दिएको छ ।

बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी आजदेखि चार दिनका लागि नगरभित्रका विद्यालयहरूमा पठनपाठन बन्द गरेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । जलेश्वरस्थित रामनन्दन विशेश्वर महेन्द्र क्याम्पसमा पनि बिदा दिइएको क्याम्पस प्रमुख अजयकुमार झाले बताए । गर्मीकै कारण सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ज्वरो, रुघाखोकी, झाडापखाला र टाइफाइडजस्ता बिरामीहरूको चाप बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट
बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द
रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या