प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।
  • छिमेकी मुलुक भारतले कहिले निम्तो गर्ला र भ्रमण गरुँला भनेर कुरिरहेका ओलीलाई भारतले बेवास्ता गर्दै आएको थियो ।
  • यद्यपी अहिले भने थाईल्यान्डको भ्रमणमा रहेका बेला उनीहरुको भेटहुने तय भएको हो ।

 

२१ चैत, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । छिमेकी मुलुक भारतले कहिले निम्तो गर्ला र भ्रमण गरुँला भनेर कुरिरहेका ओलीलाई भारतले बेवास्ता गर्दै आएको थियो । यद्यपी अहिले भने थाईल्यान्डको भ्रमणमा रहेका बेला उनीहरुको भेटहुने तय भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डमा छन् । भारतीय प्रधानमन्त्री मोदी बिहीबार पुगेका छन् ।

नेपालले ओली र मोदीबीच साइडलाइन भेटका लागि कूटनीतिक प्रयास गरेको थियो । प्रधानमन्त्रीसँग भ्रमण टोलीमा रहेका एक अधिकारीका अनुसार प्रयास सफल भएको छ भने भोली शुक्रवार भेटवार्ता हुने तय भएको हो । शुक्रबार अपराह्न ४ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटको समय निर्धारित भएको छ । नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्यान्ड भ्रमण कार्यतालिकामा शुक्रबार अपराह्न ४ बजेदेखि २० मिनेटमा मोदीसँग भेटवार्ता हुने उल्लेख छ । त्यसअघि बिहीबार श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । मोदी थाइल्याण्डबाट श्रीलंका भ्रमणमा जाने तयारी छ । भारतीय विदेश मन्त्रालका प्रवक्ता रणधीर जयसवालले ‘बिमस्टेक’ मा सहभागी विभिन्न देशका नेताहरूसँग प्रधानमन्त्री मोदीको साइडलाइन भेटवार्ता हुन सक्ने बताए । तर, भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तालिकामा भने ओलीसँग भेट हुनेबारे उल्लेख छैन ।

नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ । तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल प्रचण्ड र त्यसअघि शेरबहादुर देउवाले भारतको भ्रमण गरेका थिए । ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ । त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीबीच हुने भेट राजनीतिक रुपमा बहुप्रतीक्षित बनेको छ । प्रधानमन्त्री भएको तीन महिनाभित्रै ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ता गरेका थिए । संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको थियो । त्यसयता ओली र मोदी बिमस्टेकको मञ्चमा भेट्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
ओमानका विदेशमन्त्री आज नेपाल आउँदै
ओमानका विदेशमन्त्री आज नेपाल आउँदै
एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ