स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव

सारांश

  • मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य मन्त्रीले उम्मेदवारको सिफारिस गरेर नपठाउँदा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा ढिलाइ भएको बताएका छन् ।
  • ‘स्वास्थ्य मन्त्रीले म कहाँ सिफारिस गरेर पठाएको भोलिपल्टै उपकुलपति नियुक्त गरेर पठाइदिन्छु ।
  • ढिलाइ उतै भएको छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री यादवले अनलाइनखबरसँग भने ‘अब दुई/तीनदिन भित्रै मेरो हातमा सिफारिस आइपुग्छ ।

२५ माघ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य मन्त्रीले उम्मेदवारको सिफारिस गरेर नपठाउँदा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा ढिलाइ भएको बताएका छन् ।

‘स्वास्थ्य मन्त्रीले म कहाँ सिफारिस गरेर पठाएको भोलिपल्टै उपकुलपति नियुक्त गरेर पठाइदिन्छु । ढिलाइ उतै भएको छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री यादवले अनलाइनखबरसँग भने ‘अब दुई/तीनदिन भित्रै मेरो हातमा सिफारिस आइपुग्छ । म नियुक्ति गरिदिन्छु ।’ मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले आफ्ना मान्छेलाई उपकुलपति बनाउन हानथाप चलिरहेको कारण नियुक्तिमा ढिलाइ भएको समाचार अनलाइनखबरले सार्वजनि गरेको थियो । मुख्यमन्त्री यादवले उपकुलपति सिफारिसका लागि आफूले कुनै हस्तक्षेप नगरेको समेत दाबी गरे । स्वास्थ्यमन्त्री सिंह कांग्रेसका हुन् । कांग्रेसको विभिन्न अधिवेशन लगायतको विभिन्न कार्यक्रमले उपकुलपति सिफारिसमा विलम्ब गरेको, तर अब चाँडै आफ्नो हातमा सिफारिस आइपगेर नियुक्ति गरिने मुख्यमन्त्री यादवको भनाइ छ ।

२५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भए पनि १० महिना बित्न लाग्दासमेत पद रिक्त छ । उपकुलपतिको अभावमा तीनपटक गरेको करार कर्मचारी भर्ना विज्ञापन अनुसार भर्ना लिन नसक्दा प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुर र पठनपाठनमा समस्या भइरहेको छ । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आहृवान गरेको थियो । १५ र २१ कार्तिकमा ९ उम्मेदवारको नामावलीको दरखास्त परेको नामावली प्रकाशन गरेको थियो । मन्त्रालय स्रोतका अनुसार दरखास्त दिएका डा. विद्यानाथ यादव (सप्तरी) जसपा अध्यक्ष उपेन्द्र यादका सम्धी हुन् । डा.रमेशप्रसाद सिंह (सर्लाही) स्वास्थ्यमन्त्री सिंहका जिल्लावासीसँगै निकटस्थ हुन् भने प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. अंकुर साह निमित्त उपकुलपति पनि छन् ।

मुख्यमन्त्रीले उपेन्द्रका सम्धी विद्यानाथ र स्वास्थ्य मन्त्रीले रमेश प्रसादलाई बनाउने स्वार्थमा विवाद हुँदा ढिलाइ भइरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । तर, मुख्यमन्त्री यादवले उपेन्द्र यादवको सम्धीलाई उपकुलपति बनाउन कुनै भूमिका नखेलेको दाबी गरे । ‘उपेन्द्रजीको सम्धीको सिफारिस गर्न मैले कहिल्यै भनेकै छैन । मन्त्रालयको स्वास्थ्य समितिले सिफारिस गरेकोबाट जसको नाम १ नम्बरमा आउँछ । म उनैलाई उपकुलपतिमा नियुक्ति गर्छु’ मुख्यमन्त्री यादवले भने, ‘म मुख्यमन्त्री हुँदा पनि कुनै पनि मन्त्रालयमा इनरफेयर गरेको छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?