प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
६५ पटक हेरिएको
Shares
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?

सारांश

  • जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमै आत्मदाह प्रयास गर्ने व्यक्ति चन्द्रनगर गाउँपालिका–६, कामदका नथुनी मुखिया रहेका छन्।
  • प्रहरी कार्यालय प्रवेश गरेका मुखियाले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए।
  • लाइटर निकालेर आगो लगाउन खोज्ने क्रममै प्रहरी र उनिसँग भएका अन्य व्यक्ति मुखियालाई तत्काल रोकिएकाले ठूलो दुर्घटना हुन पाएन।

२४ मंसिर, सर्लाही ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमै आत्मदाह प्रयास गर्ने व्यक्ति चन्द्रनगर गाउँपालिका–६, कामदका नथुनी मुखिया रहेका छन्। प्रहरी कार्यालय प्रवेश गरेका मुखियाले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए। लाइटर निकालेर आगो लगाउन खोज्ने क्रममै प्रहरी र उनिसँग भएका अन्य व्यक्ति मुखियालाई तत्काल रोकिएकाले ठूलो दुर्घटना हुन पाएन।

अहिले उनी प्रहरी सुरक्षामा कार्यालयभित्रै राखिएका छन्। प्रहरीका अनुसार गरिमा विकास बैंकले घर–जग्गा लिलाम गरेको विषयमा असन्तुष्ट भएर मुखियाले आत्मदाह प्रयास गरेका हुन्। पछिल्लो समय सर्लाहीका विभिन्न स्थानका स्थानीयले गरिमा विकास बैंकले ‘ऋण दिने’ भन्दै जग्गाधनी प्रमाणपुर्जा तथा अन्य कागजात लिएर ऋण नदिई उल्टै घर–जग्गा लिलाम गरेको आरोप लगाउँदै आएका छन्। यस्तै गुनासो राख्न जिल्ला प्रहरी कार्यालय पुगेका पीडित समूहसँगै पुगेका नथुनी मुखियाले पत्रकारसँग कुरा राख्ने क्रममै आत्मदाह प्रयास गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार बैंकका प्रबन्धकसहितलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको बेला केही स्थानीयसँगै कार्यालयमा प्रवेश गरेका मुखियाले अचानक पेट्रोल छर्केका थिए। उनका अनुसार गरिमा विकास बैंक मलंगवा शाखाले ऋणीहरूबाट नै आफूहरू असुरक्षित भएको भन्दै प्रहरीसँग सुरक्षा माग्दै निवेदन पनि दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती
कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप
बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस
कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी