Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सहकारी ठगी मुद्दामा समर्पित इजलास गठन गर्न आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
२६४ पटक हेरिएको
Shares
सहकारी ठगी मुद्दामा समर्पित इजलास गठन गर्न आग्रह

सारांश

  • सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको छ।
  • उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो।
  • कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिस अनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो।

 

१६ साउन, काठमाडौं।

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको छ। उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिस अनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो।

सर्वोच्च अदालतले २०८२ माघ ११ गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुरसम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतहरूमा आवश्यकताअनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न भनेपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मालाइ प्रतिवेदन बुझाएकी हुन्।

कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। यस्ता मुद्दाको प्रभावकारी र छिटो सुनुवाइका लागि विशेष प्राथमिकतासहित समर्पित इजलास आवश्यक रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ। प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ्ने उल्लेख गरिएको छ। त्यसैले पीडितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनःस्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक
एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
सरकारबाट समर्थन फिर्ता लिने एमाले निर्णय
सरकारबाट समर्थन फिर्ता लिने एमाले निर्णय
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु