एनपीएलको अक्सन आज हुदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
३३ पटक हेरिएको
Shares
एनपीएलको अक्सन आज हुदै

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आज हुदै छ ।
  • नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज दिउँसो २ बजेदेखि एनपीएलको खेलाडी अक्सन हुने भएको छ।
  • अक्सनका लागि १४२ खेलाडी छनौट गरिएको छ।

२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आज हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज दिउँसो २ बजेदेखि एनपीएलको खेलाडी अक्सन हुने भएको छ।

अक्सनका लागि १४२ खेलाडी छनौट गरिएको छ। क्यानका अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराएको छ। नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ। क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो। अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन्। प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने छ।

एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन्। यसअघि एनपीएलका फ्रेन्चाईजीका मार्की खेलाडी छानिएको छ । जसमा करण केसी काठमाडौँ फ्रेन्चाईजीका मार्की खेलाडी बनेका छन् भने कुशल भुर्तेल पोखराको मार्की खेलाडी बनेका छन्। त्यसैगरी कुशल मल्ल चितवनको मार्की खेलाडी बनेका छन् भने सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन्।

त्यस्तै राष्ट्रिय टिमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन् भने आसिफ सेख जनकपुरको मार्की खेलाडी बनेका छन्। त्यस्तै सोमपाल कामी कर्णालीको र दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी बनेका छन्। क्यानले मार्की खेलाडीको पारिश्रमिक २० लाख हुने जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित
गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व संकलन
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व संकलन
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता