आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
३६ पटक हेरिएको
Shares
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति

सारांश

  • नेपाल राष्ट्रिय शिक्षक संगठनले हालै विभिन्न जिल्लामा भएका शिक्षकहरूको सरुवाप्रति आपत्ति जनाएको छ ।
  • संगठनले जारी गरेको एक प्रेस विज्ञप्तिमा १५८ जना शिक्षकलाई पूर्वाग्रह राखी सरुवा गरिएको घटनालाई ‘पूर्वाग्रही, अराजक र शिक्षक ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्ने नियोजित प्रयास’ भनेको हाे ।
  • संगठनका अनुसार, नेपाल शिक्षक महासंघद्वारा गत चैत्र–वैशाख महिनामा सञ्चालन गरिएको आन्दोलनमा सहभागी शिक्षकहरूलाई बदनियतपूर्ण तरिकाले सरुवा गरिएको र कतिपय विद्यालयका प्रधानाध्यापकहरूको अन्यायपूर्ण हेरफेर गरिएको छ।

१ जेठ, काठमाडौं ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले हालै विभिन्न जिल्लामा भएका शिक्षकहरूको सरुवाप्रति आपत्ति जनाएको छ । संगठनले जारी गरेको एक प्रेस विज्ञप्तिमा १५८ जना शिक्षकलाई पूर्वाग्रह राखी सरुवा गरिएको घटनालाई ‘पूर्वाग्रही, अराजक र शिक्षक ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्ने नियोजित प्रयास’ भनेको हाे । संगठनका अनुसार, नेपाल शिक्षक महासंघद्वारा गत चैत्र–वैशाख महिनामा सञ्चालन गरिएको आन्दोलनमा सहभागी शिक्षकहरूलाई बदनियतपूर्ण तरिकाले सरुवा गरिएको र कतिपय विद्यालयका प्रधानाध्यापकहरूको अन्यायपूर्ण हेरफेर गरिएको छ।

संगठनको राष्ट्रिय कार्यालयमा प्राप्त विवरणअनुसार, सप्तरी, सुरुङ्गा नगरपालिकामा १४ जना शिक्षकको सरुवा र प्रधानाध्यापकको हेरफेर भएको छ । यसैगरी, सर्लाहीको मलङ्गवा नगरपालिकामा ४५ जना, धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ५५ जना र गजुरी गाउँपालिकामा २४ जना शिक्षकलाई सरुवा गरिएको छ। सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा आन्दोलनबाट फर्किएका २० जना शिक्षकलाई सरुवा गरिएको र प्रधानाध्यापकलाई घटुवा गरिएको संगठनले जनाएको छ। संगठनका महासचिव हंसबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो कार्यशैलीले शिक्षक समुदायमा मानसिक त्रास सिर्जना गरेको र शिक्षण–सिकाइको वातावरणमा नकारात्मक असर परिरहेको उल्लेख छ। संगठनले अवैधानिक सरुवा र घटुवालाई तत्काल खारेज गरी शिक्षकहरूलाई पुरानै अवस्थामा फर्काउनुपर्ने, शिक्षकहरूको मनोबल कमजोर पार्ने कुनै पनि कार्य नगर्न सबै स्थानीय तहलाई सचेत गराउनुपर्ने र शिक्षा क्षेत्रको स्थायित्व, सम्मान र गुणस्तरका लागि संगठनसँग सहकार्य गर्नुपर्ने तीनबुँदे मागसमेत राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
मोरङमा डिजेको प्रयोगमा रोक
मोरङमा डिजेको प्रयोगमा रोक
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन