Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने

सारांश

  • संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने कार्यक्रम छ।
  •   बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.
  • व.

 

५ फागुन, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने कार्यक्रम छ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्नेछन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ माथि पनि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
विपक्षी दलहरूको माग मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन 
विपक्षी दलहरूको माग मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन 
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
खाने तेलको ग्यालेनभित्र चरेश बरामद
खाने तेलको ग्यालेनभित्र चरेश बरामद
सुदूरपश्चिम सरकारमा राजनीतिक हलचल : मन्त्री चौधरी बर्खास्त
सुदूरपश्चिम सरकारमा राजनीतिक हलचल : मन्त्री चौधरी बर्खास्त
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
यू–१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य, सन्तोषको नाममा चार विकेट
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी