विपक्षी दलहरूको माग मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
विपक्षी दलहरूको माग मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन 

सारांश

  • मधेश प्रदेश सरकारका विपक्षी दलहरूको गठबन्धनले मधेश प्रदेश सभाको बैठक तत्काल राख्न आग्रह गरेको छ ।
  • सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेकाले तत्काल सभाको बैठक राख्न विपक्षी गठबन्धनमा रहेका दलहरूले माग गरेका हुन् ।
  • परमादेशमा विश्वासको मत नलिए वा विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्न भनिएको छ ।

१६ मंसिर, काठमाडौं ।

मधेश प्रदेश सरकारका विपक्षी दलहरूको गठबन्धनले मधेश प्रदेश सभाको बैठक तत्काल राख्न आग्रह गरेको छ । सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेकाले तत्काल सभाको बैठक राख्न विपक्षी गठबन्धनमा रहेका दलहरूले माग गरेका हुन् ।

परमादेशमा विश्वासको मत नलिए वा विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्न भनिएको छ ।सर्वोच्चको आदेश आएको भोलिपल्टै मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितका दलहरूले उपसभामुख बबिता राउतलाई प्रदेश सभाको बैठक दिउँसो ४ बजे बोलाउन मौखिक आग्रह गरेका छन् । कांग्रेस सांसद अंजना पण्डितका अनुसार सम्बन्धित दलहरूले आफ्ना पार्टीका सांसदलाई जिल्ला छाडेर नजानसमेत भनेका छन् । ‘सांसदहरूलाई जनकपुर नछाड्न भनिएको छ । दिउँसो १ बजे वरिपरि अनौपचारिक भेटघाट गर्ने पनि तय भएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बङ्गलादेशको विमानस्थलमा बमको धम्की, हतारमा ओरालियो यात्रु
बङ्गलादेशको विमानस्थलमा बमको धम्की, हतारमा ओरालियो यात्रु
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं
नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
सवारी लाइसेन्सको अवधि अब १० वर्ष
सवारी लाइसेन्सको अवधि अब १० वर्ष
सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री
सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन