मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव

सारांश

  • मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई बनाउने सहमति जुटेको छ।
  •   सात दलीय गठबन्धनले आज (शुक्रबार) अपरान्ह यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका हुन्।
  • अहिले प्रदेश सांसदहरूले सहमति पत्रमा हस्ताक्षर गर्ने काम भइरहेको छ।

१९ मंसिर, जनकपुरधाम ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई बनाउने सहमति जुटेको छ।  सात दलीय गठबन्धनले आज (शुक्रबार) अपरान्ह यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका हुन्। अहिले प्रदेश सांसदहरूले सहमति पत्रमा हस्ताक्षर गर्ने काम भइरहेको छ। केहीबेरपछि सात दलको तर्फबाट यादवलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकहाँ दाबी पेस गर्ने तयारी भएको एक सांसदले जानकारी दिए। आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको हो।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्। ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको बुधबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि एमालेबाहेकका सात दल मधेसमा नयाँ सरकार गठनको लागि अघि सरेका हुन्।  नेपाली कांग्रेस मधेस प्रदेश सभामा एमालेपछि दोस्रो ठूलो दल हो। प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्। नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार
जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य
आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा
पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास