टिपरको ठक्करबाट किशोरको मृत्यु, एक जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
टिपरको ठक्करबाट किशोरको मृत्यु, एक जना घाइते

सारांश

  •   पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलामा आज शनिबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
  •   मृत्यु हुनेमा व्यास नगरपालिका–६ का १८ वर्षीय मनिष आले मगर रहेको जिल्ला प्रहरीले जनाएको छ।
  • पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ५८७५ नम्बरको टिपर र विपरीत दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए।

 

३० चैत, काठमाडौं । 

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलामा आज शनिबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  मृत्यु हुनेमा व्यास नगरपालिका–६ का १८ वर्षीय मनिष आले मगर रहेको जिल्ला प्रहरीले जनाएको छ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ५८७५ नम्बरको टिपर र विपरीत दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए। दुर्घटनामा घाइते भएका स्कुटर चालक मनिष र पछाडि सवार १५ वर्षीया अनिशा आले मगरलाई प्रदेश अस्पताल दमौली पठाइएकोमा मनिषलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। घाइते अनिशालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?