Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
४१ पटक हेरिएको
Shares
सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

सारांश

  • सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन् ।
  • उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

२३ पुस, काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनको ढिक्का एक थान र औठी एक थानसहित उनी पक्राउ परेका हुन् । एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ