क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित

सारांश

  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ ।
  • दुई जना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो ।
  • अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो ।

१७ साउन, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ ।

दुई जना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए । अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए । उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।

“खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए÷नभएको पत्ता गराउन गरिने परीक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो”, उनले भने । बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । अस्पतालले उपनिर्देशक डा.उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा.गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुई जनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताए ।  यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । पौडेलले भने– “काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो ६ घण्टामा कहाँ कति पानी पर्‍यो ?
पछिल्लो ६ घण्टामा कहाँ कति पानी पर्‍यो ?
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो
स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर