Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
५० पटक हेरिएको
Shares
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ

सारांश

  • ईलाका प्रहरी कार्यालय, मैनापोखर र ढोढरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा जिल्ला अदालत, बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका अंश र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् ।
  • अदालतबाट ०७९ साल कार्तिक २० गतेको फैसलाले अंश मुद्दामा दोषी ठहर भएका बढैयाताल गाउँपालिका-४ की सिखनी थरुनी र सोही ठाउँकी अन्जु थारु रहेका छन् ।

 

२७ पुस,  बर्दिया — प्रहरीले एकै दिन ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, मैनापोखर र ढोढरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला अदालत, बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका अंश र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् । अदालतबाट ०७९ साल कार्तिक २० गतेको फैसलाले अंश मुद्दामा दोषी ठहर भएका बढैयाताल गाउँपालिका-४ की सिखनी थरुनी र सोही ठाउँकी अन्जु थारु रहेका छन् । यसै गरी सोही मुद्दाका उक्त गाउँपालिका–३ का सादिर अली शेष र सोही गाउँपालिका–७ धनीराम भन्ने रामधनी चमार पनि पक्राउ परेका छन् ।

शेषलाई अदालतले ०८० साल पुस ९ गते र चमारलाई ०८१ असार २६ गतेको फैसलाबाट सजाय तोकेको थियो । त्यसैगरी बढैयाताल गाउँपालिका–१ का सुजन पुन मगर र मधुवन नगरपालिका–४ का किशोर लागूऔषध मुद्दामा ०८१ साल असार ३ गतेको अदालतको सजाय फैसलाले फरार प्रतिवादी हुन् । उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
छलफलमा जुटे विपक्षी दलहरू
छलफलमा जुटे विपक्षी दलहरू
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
साँझ ६ बज मन्त्रिपरिषद्को बैठक बस्दै
साँझ ६ बज मन्त्रिपरिषद्को बैठक बस्दै
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
आज चार वटा संसदीय समितिको बैठक बस्दै
आज चार वटा संसदीय समितिको बैठक बस्दै
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ