सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सारांश

  • बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् ।
  • निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।
  • सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ ।

काठमाडौं ।

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो । सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय श्रेष्ठ यसअघि सिबिफिनको महासचिवको जिम्मेवारीमा थिए । अध्यक्षको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अभिवृद्धि, वित्तीय स्थायित्व र सुदृढ अर्थतन्त्र निर्माणका लागि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने बताए ।त्यसैगरी, सोही दिन बसेको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ । गोयल र नेपाल दुवै अनुभवी बैंकरका रूपमापरिचित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर किशोरीको मृ*त्यु
बैतडीमा काफल टिप्ने क्रममा रुखबाट खसेर किशोरीको मृ*त्यु
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
ट्रकको ठक्करबाट गम्भीर घाइते प्रहरी जवानको मृत्यु
ट्रकको ठक्करबाट गम्भीर घाइते प्रहरी जवानको मृत्यु