कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २२, २०८२
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ ।
  • पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएका थिए ।
  • सो क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो ।

२२ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएका थिए । सो क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो । सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा दुई पक्षबीच चर्काचर्की परेको देखिन्छ ।

भिडियोमा निधिले ‘को हो त्यो मान्छे, ए को हो ? को हो ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको सुनिन्छ । विशेष पक्षधर कार्यकर्ताको माझबाट ‘तपाईं चैं हो ?’ भन्ने आवाज सुनिन्छ । निधि पार्टी कार्यालयतर्फ गइसकेपछि होहल्लाका बीच ‘ओइ, आइजा’, ‘तेरो घर…’ आदि स्वर सुनिन्छ ।

यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार आफूहरूको कुनै आपचारिक कार्यक्रम रहेको र विशेष पक्षधरले सानेपा घेराउन नगरिएको बताएका छन् । ‘कसैले आफ्नो हिसाबले स्वस्फूर्त व्यक्तिले गर्ने कुराको छुट्टै विषय होला । तर, विशेष महाधिवेशन पहल गर्ने पक्षको कुनै त्यस्तो कार्यक्रम छैन,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन
नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन