Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अर्थमन्त्रीलाई हर्कले भने : सफलताको मापन विदेशी ऋण कति घट्यो भन्नेमा हुनेछ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २९, २०८३
|
|
७५ पटक हेरिएको
Shares
अर्थमन्त्रीलाई हर्कले भने : सफलताको मापन विदेशी ऋण कति घट्यो भन्नेमा हुनेछ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएका थिए ।
  • बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारको सफलता र असफलताको मापन कति आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्यो भन्नेबाट हुने बताए ।
  • ‘बजेट भनेको विकास हो ।

२९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएका थिए ।

बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारको सफलता र असफलताको मापन कति आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्यो भन्नेबाट हुने बताए ।

‘बजेट भनेको विकास हो । विकास भनेको विधि र व्यवस्थापन हो’ उनले भने, ‘विकासले कसैलाई पुगेको छैन । अमेरिका, जापान, चीनलाई विकास पुगेको छैन । यसकारण व्यवस्थापन पनि गर्न आवश्यक छ ।’

आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा प्रदान गर्दा नै श्रम गर्ने संस्कृति निर्माण गर्न आवश्यक रहेको बताए । यसका साथै आन्तरिक उत्पादन र आत्मनिर्भरतामा जोड दिनुपर्ने सुझाए । विदेशी ऋण लिएर आयोजना बनाएर मात्रै नहुने पनि उनको आग्रह छ ।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भनेका छन्, ‘हामी कति सफल भयौं वा कति असफल भयौं भन्ने कुराको मुल्यांकन हामीले कति विदेशी ऋण घटायौं वा बढौं भन्नेले निर्धारण गर्दछ ।’

जति सक्दो ऋण घटाउनेतिर लाग्न सरकारलाई उनको सुझाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा
कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल
बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली
वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द
वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द