ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
सारांश
- धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर सोनु कुमार साहले मुद्दा फर्छौटलाई तिब्रता दिन थालेपछि आम नागरिक सुरक्षाको अनुभूति गर्न थालेका छन् ।
- ईलाका क्षेत्रभित्र हुने अपराधिक क्रियाकलापको आँकडा समेत न्यून गर्न सफल भएका ईन्सपेक्टर साहले आम नागरिकबाट ईलाका प्रहरीमा आउने निवेदन, मुद्दाहरुलाई ९० प्रतिशतको औसतमा फर्छयौट गर्न सफल भएका छन् ।
- अदालती फैसला मुद्दाहरुलाई कार्यन्वन गर्न धनुषामा अगाडी भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ईन्सपेक्टर साहले ईन्चार्ज सम्हालेपछि ४५ जना फरार अभियुक्त पक्राउ गर्न सफल भए ।
मौसम झा पाठक
१६ मंसिर, धनुषा। धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर सोनु कुमार साहले मुद्दा फर्छौटलाई तिब्रता दिन थालेपछि आम नागरिक सुरक्षाको अनुभूति गर्न थालेका छन् । ईलाका क्षेत्रभित्र हुने अपराधिक क्रियाकलापको आँकडा समेत न्यून गर्न सफल भएका ईन्सपेक्टर साहले आम नागरिकबाट ईलाका प्रहरीमा आउने निवेदन, मुद्दाहरुलाई ९० प्रतिशतको औसतमा फर्छयौट गर्न सफल भएका छन् ।
अदालती फैसला मुद्दाहरुलाई कार्यन्वन गर्न धनुषामा अगाडी भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ईन्सपेक्टर साहले ईन्चार्ज सम्हालेपछि ४५ जना फरार अभियुक्त पक्राउ गर्न सफल भए । जसमा करिब ४ लाखको हाराहारीमा जरिवाना समेत संकलन गरे । उनले कमान सम्हालेपछि भन्सार राजस्व छलीको १९ लाख बढी राजस्व संकलन गरे भने अवैद्य बालुवा गिट्टीबाट जरिवाना र राजस्व गरी २ लाख ३१ हजार, घरेलु मदिार ९४० लिटर बरामद गरेको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै, प्रहरीबाट जारी भएको ३० हुलियामध्ये १९ जनाको पहिचान गर्न सफल भएका इन्सपेक्टर साहले परेको ३२४ उजुरीमध्ये २१४ उजुरीलाई फर्छयौट गरिसकेको बताए । उनले जग्गा जमिनसम्बन्धी विवाद गाउँमै मिलाएको बताए । ईन्सपेक्टर साह आएपछि कार्यालयमा सिसिटिभी जडान, नयाँ गेट निर्माण र प्रतिक्षालय निर्माण गराए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कार्य सम्पादन हुने कार्यहरुमा पनि ईन्सपेक्टर साहले मर्यादा बढाएका छन् ।





प्रतिक्रिया