अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति करिब ८ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
  • कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नारायण चिमरियाले काठमाडौँ जाने तयारीमा रहेका अन्सारीको साथबाट अवैध रूपमा बोकेको अमेरिकी डलर बरामद गरेको जानकारी दिए ।
  • यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा रहेका अन्सारीलाई चेकजाँचका क्रममा कोटबाट प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम सुवेदी नेतृत्वको टोलीले अमेरिकी डलर फेला परेको थियो ।

विराटनगर- विराटनगर विमानस्थलबाट प्रहरीले एक ब्यक्तिको साथबाट अमेरिकी १ सय डलरको ८१ थान नोट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति करिब ८ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नारायण चिमरियाले काठमाडौँ जाने तयारीमा रहेका अन्सारीको साथबाट अवैध रूपमा बोकेको अमेरिकी डलर बरामद गरेको जानकारी दिए । यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा रहेका अन्सारीलाई चेकजाँचका क्रममा कोटबाट प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम सुवेदी नेतृत्वको टोलीले अमेरिकी डलर फेला परेको थियो ।

प्रहरी प्रमुख चिमरियाले बरामद गरिएको डलर नेपाली रूपैयाँ १ लाख १२ हजार बराबर हुने बताए। घटनाबारे अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।  पक्राउ परेका अन्सारीले विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको प्रहरीलाई बताएका छन् । केही समयअघिसम्म कतार बसेर आएको बताएका अन्सारीले कतारमा बस्ने र नेपाल आउने-जाने गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
सर्‍यो एमालेको सचिवालय बैठक
सर्‍यो एमालेको सचिवालय बैठक
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु