पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् ।
  • मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।
  • पुर्साको मुद्दा किन विलम्ब भएको होला भनेर पत्रकारहरूले प्रश्न गरेका थिए ।

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् । मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टि जनाएका हुन् । पुर्साको मुद्दा किन विलम्ब भएको होला भनेर पत्रकारहरूले प्रश्न गरेका थिए ।

लामिछानेले जवाफ दिए, ‘सरकारले हतियार बनाएर राखेर पर्साको (मुद्दा) चाहिं झुण्ड्याइराख्या छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई थाहा छैन र ! हकदैया छैन, हदम्याद छैन । सबै थाहा छ । सब जगजाहेर छ ।’ सरकारले छोप्यौं भन्ने ठानेको भएता पनि नछोपिएको उनले बताए । अगाडि भने, ‘सरकार छोप्यौं भन्ठान्स हामी नाङ्गो देखिराख्या छौं । सरकार छोपिएको छ, छोपिएको छ भनिरहेको छ तीनकुनेको छोप्या जस्तो । तर, नाङ्गो भइसक्यो ।’ लामिछानेविरुद्ध पर्सा जिल्लामा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा छ । यससम्बन्धी अनुसन्धान लम्ब्याइएको आरोप लब्याएर दुःख दिइरहने हतियार बनाउन खोजेको लामिछानेको आरोप छ ।

कास्की, काठमाडौं, रूपन्देही र चितवन गरी चारवटा जिल्लामा सहकारीसम्बन्धी मुद्दा दर्ता भएर पनि लामिछाने चारैतिर धरौटीमा रिहा भइसकेका छन् । तर, वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा भने अगाडि बढ्न सकेको छैन । यो विषयमा जिल्ला अदालत पर्सामा दुई पटक मुद्दा दर्ता भइसकेको छ । तर, अगाडि बढेको छैन । पहिलो पटक २०८० साल असोज २३ गते र दोस्रो पटक फागुन २ गते पूरक अभियोगका रूपमा लामिछानेविरुद्ध अर्को मुद्दा दर्ता भएको थियो ।

पाँचवटा जिल्लामा लगभग सँगसँगै अनुसन्धान सुरु भए पनि चार जिल्लामा मुद्दा दायर भइसकेर लामिछाने धरौटीमा छुटिसक्दा समेत पर्सामा भने विलम्ब भएको हो । चार जिल्लामा लामिछाने धरौटीमा रिहा भएपछि उच्च तहबाटै पर्सा प्रहरीलाई लामिछानेविरुद्धको मुद्दामा एक दुई वटा विषयमा थप अनुसन्धान गर्नू भन्ने निर्देशन भएको र त्यसकारण मुद्दा लम्बिएको टिप्पणी हुने गरेको छ । यही बेला लामिछानेले पनि मुद्दा लम्बिएको भनेर असन्तुष्टि जनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ
सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ
बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत
बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत
प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रचण्डले बोलाए पदाधिकारी बैठक
दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक
दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?