मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै

सारांश

  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् ।
  • सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
  • बैठकले महत्त्वपूर्ण नियुक्तिदेखि आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार विकाससँग सम्बन्धित २७ वटा निर्णय अनुमोदन गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।

१६ मंसिर, काठमाडौं ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले महत्त्वपूर्ण नियुक्तिदेखि आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार विकाससँग सम्बन्धित २७ वटा निर्णय अनुमोदन गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिए । सरकारले वित्तीय अनुशासन कडाइ गर्ने उद्देश्यसहित नगद कारोबारको सीमा तोकेको छ ।

अब आगामी माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कुनै पनि वस्तु वा सेवाको खरिद–बिक्री, भुक्तानी तथा कारोबार बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू हुनेछ । मन्त्री खरेलका अनुसार यसले आर्थिक सुशासन र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ । बैठकले २०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूको परिवारका सदस्यलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । साथै, प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाइने पनि निर्णयमा उल्लेख गरिएको छ । अर्थतन्त्र र प्रशासनसँग सम्बन्धित विभिन्न निर्णयहरूमा राष्ट्रिय आर्थिक गणना २०८२ कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा आर्थिक मापदण्ड स्वीकृत गरिएको छ ।

त्यस्तै, भदौ २३–२४ को आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा निजी संरचनाको मूल्याङ्कन र पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गरिएको छ । सरकारले अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ । वैदेशिक सम्बन्धका क्षेत्रमा, आगामी मङ्सिर २२ गते भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको पाँचौँ बैठकमा सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने स्वीकृति दिइएको छ ।

न्याय क्षेत्र सुधारका विषयमा, प्रधान न्यायाधीश, सर्वोच्च, उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनका अनुसूचिहरूमा आवश्यक परिमार्जन गर्ने निर्णय भएको छ । त्यसैगरी, नेपाल विशेष सेवा (२०औँ संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ । मानवीय सहयोगअन्तर्गत, श्रीलङ्कामा हालै आएको विनाशकारी बाढी र पहिरोबाट भएको क्षति प्रति सहानुभूति व्यक्त गर्दै नेपाल सरकारले दुई लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका आईजीपी कार्की बैंकक प्रस्थान
नेपाल प्रहरीका आईजीपी कार्की बैंकक प्रस्थान
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा
गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड खर्चेर ३ वर्षमा सक्ने
गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड खर्चेर ३ वर्षमा सक्ने
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
माओवादी केन्द्रले अकस्मात् बोलायो पदाधिकारी बैठक
माओवादी केन्द्रले अकस्मात् बोलायो पदाधिकारी बैठक