आज माइतीघरमा प्रदर्शन गर्दै रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
२६ पटक हेरिएको
Shares
आज माइतीघरमा प्रदर्शन गर्दै रास्वपा

सारांश

  • सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
  • उनले सरकारको गलत कदमको विरोधस्वरुप आज पनि प्रदर्शन जारी रहने बताए ।
  • सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।

११ कार्तिक, काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (आइतबार) पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई जारी राख्ने भएको छ ।

सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले सरकारको गलत कदमको विरोधस्वरुप आज पनि प्रदर्शन जारी रहने बताए । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।

शनिवार बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको प्रवक्ता मनिष झाले बताए । बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको उनले बताए । बैठकले आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै
१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार
२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन