गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २१, २०८३
|
|
१५७ पटक हेरिएको
Shares
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म

सारांश

  • गृहमन्त्री सुधन गुरुङ पूर्वी पहाडका जिल्लाको भ्रमणमा छन् ।
  • गुरुङ आइतबार धनकुटा पुगेका थिए ।
  • सो क्रममा सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षणसँगै धार्मिक दर्शन तथा पारिवारिक भेटघाट गरे ।

२१ असार, धनकुटा ।

गृहमन्त्री सुधन गुरुङ पूर्वी पहाडका जिल्लाको भ्रमणमा छन् । गुरुङ आइतबार धनकुटा पुगेका थिए । सो क्रममा सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षणसँगै धार्मिक दर्शन तथा पारिवारिक भेटघाट गरे । उनी शनिबार बेलुका धनकुटाको भेडेटार आएर बास बसेका थिए ।

धनकुटा आएर धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक निशान मन्दिर परिसरमा आएपछि गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । स्वागतपछि गृहमन्त्री गुरुङले मन्दिरमा दर्शन गरेका थिए । मन्दिर दर्शनपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गर्नुका साथै जिल्लाको शान्तिसुरक्षा, प्रहरीको कार्यसम्पादन र सेवा प्रवाहबारे जानकारी लिए । त्यसपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनकुटाको निरीक्षण गरेका थिए ।

प्रशासन कार्यालयमा नागरिकलाई उपलब्ध गराइने सेवाको अवस्था, प्रशासनिक कार्यसम्पादन तथा समग्र सरकारी सेवा प्रवाहबारे जानकारी लिँदै उनले प्रशासनिक संयन्त्रसँग छलफल गरेका थिए । निरिक्षण अनुगमनका सार्वजनिक प्रतिक्रिया नदिएका गुरुङले धनकुटा नगरपालिका वडा नं. ५ स्थित पारिवारिक भेटघाट गरेका थिए । त्यसपछि खाना खाएर उनी सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)तर्फ प्रस्थान गरेका थिए । अकस्मात धनकुटा आएका गुरुङका कारण आइतबार साप्ताहिक बिदाको दिन कर्मचारी, सुरक्षा निकायको दौडधुप पनि बढ्न पुग्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् निर्णय: प्रसारणलाइन दायाँ-बायाँ रुख रोप्न निषेध
मन्त्रिपरिषद् निर्णय: प्रसारणलाइन दायाँ-बायाँ रुख रोप्न निषेध
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
खैरो हेरोइनसहित एक जना पक्राउ
खैरो हेरोइनसहित एक जना पक्राउ
खानेपानीमन्त्री यादव स्पेन प्रस्थान
खानेपानीमन्त्री यादव स्पेन प्रस्थान
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेट्दै
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु