लागूऔषधसहित तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ११, २०८०
|
|
३७ पटक हेरिएको
Shares
लागूऔषधसहित तीनजना पक्राउ

सारांश

  • झापा र बाँकेबाट लागूओषधसहित तीनजना पक्राउ परेका छन् ।
  • झापाकाे दमक नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका-१ बस्ने २० वर्षीय अनिस धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।
  • ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

११ मंसिर, काठमाडाैं । झापा र बाँकेबाट लागूओषधसहित तीनजना पक्राउ परेका छन् ।

झापाकाे दमक नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका-१ बस्ने २० वर्षीय अनिस धिमाललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँकेकाे  खजुरा गाउँपालिका-४ हरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रमोद बानिया र अछाम मंगलसेन नगरपालिका-७ बस्ने २० वर्षीय पारस भण्डारी रहेका छन् ।ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ  गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...