Press 4K
बुधबार, १३ श्रावण २०८३

परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
३५३ पटक हेरिएको
Shares
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी

सारांश

  • काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरूबाट यस वर्ष गएको वर्षको तुलनामा ८.
  • ५ प्रतिशत बढी विद्यार्थी ग्रेड भएका छन् ।
  • गएको वर्ष ७२.

 

२५ चैत,काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरूबाट यस वर्ष गएको वर्षको तुलनामा ८.५ प्रतिशत बढी विद्यार्थी ग्रेड भएका छन् । गएको वर्ष ७२.७ प्रतिशत विद्यार्थी ग्रेड थिए । यस वर्ष ८१.२ प्रतिशत विद्यार्थी ग्रेड छन् ।

सामुदायिक विद्यालयतर्फ हेर्ने हो भने गएको वर्षभन्दा यस वर्ष १०.५५ प्रतिशत धेरै विद्यार्थी ग्रेड छन् । गएको वर्ष ५१.८ प्रतिशत विद्यार्थी ग्रेड थिए । यस वर्ष ६२.३५ प्रतिशत विद्यार्थी ग्रेड छन् । काठमाडौँ महानगरपालिकाको आधारभूत तहको परीक्षा समितिले आज परीक्षाफल प्रकाशित गरेको हो ।समितिका अध्यक्ष एवं शिक्षा अधिकारी नमराज ढकालको अध्यक्षतामा बसेको बैठकले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको हो । यस वर्ष १४ हजार ७२८ जना अर्थात् ८१.२५ विद्यार्थी ग्रेड भएका छन् ।यसमा ८ हजार ९२ जना छात्र र ६ हजार ६३६ जना छात्रा छन् । ग्रेड विद्यार्थीहरूमा सामुदायिक विद्यालयबाट १ हजार ५०३ जना छात्र र १ हजार ३५० जना छात्रा गरी २ हजार ८५३ जना छात्रछात्रा छन् । निजी तथा संस्थागत विद्यालयबाट ६ हजार ५८९ जना छात्र र ५ हजार २८६ जना छात्रा गरी ११ हजार ८७५ जना छात्रछात्रा छन् ।परीक्षामा सहभागी हुन ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थीले फाराम भरेका थिए । जसमध्ये ९३८ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहे । फाराम भर्नेमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा थिए ।

विद्यालयको प्रकृतिका आधारमा हेर्दा, २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थी थिए । गएको वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यस वर्ष परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या ८२३ जना बढी थियो ।यस वर्ष ३ हजार ४५१ जना विद्यार्थी ननग्रेडेड छन् । जसमा छात्रको सङ्ख्या २ हजार ५४ जना अर्थात् २०.२४ प्रतिशत छात्राको सङ्ख्या १ हजार ३९७ जना अर्थात् १७.३९ प्रतिशत छ । विद्यालयहरूले इमिसमा लग इन गरेर म्यानेज एक्ज्याममा ग्रेड वाइज लेजरबाट परीक्षाफल हेर्न सक्नेछन् ।विद्यार्थीहरूलाई नतिजामा चित्त नबुझे पुनर्योगका लागि २०० रुपियाँ दस्तुर तिरेर चैत २९ गतेभित्र विद्यालयमा निवेदन दिन सकिनेछ । ननग्रेडेड विद्यार्थीहरूको वैशाख ६ गते बिहान १० बजेदेखि स्रोत केन्द्रहरूमा परीक्षा सुरु हुनेछ । १२ गते परीक्षा सकिनेछ । पहिलो दिन अंग्रेजी, दोस्रो दिन नेपाली त्यसपछि क्रमशः विज्ञान तथा प्रविधि, गणित, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य, शिक्षा तथा सिर्जनात्मक कला र अन्तिम दिन स्थानीय भाषाको परीक्षा हुनेछ ।

यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका (बहिरा) भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको थियो ।जगन्नाथ देवल माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय कारागार (जेल) भित्र सञ्चालित रहेको र सुरक्षा संवेदनशीलताका कारण विद्यार्थीहरू बाहिर जान सहज नहुने हुँदा, ती विद्यालयहरूको परीक्षा केन्द्र त्यही विद्यालयमा नै कायम गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित
सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...