विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
२३ पटक हेरिएको
Shares
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 

सारांश

  • शिव शिष्य हरीन्द्रानन्द फाउंडेशनको आयोजनामा तीन बिघा मैदान, मलंगवामा शिव गुरु महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
  • महोत्सवको उद्देश्य महेश्वर शिवलाई गुरु स्वरूपमा स्वीकार गर्दै समाजमा शिव शिष्यताको अवधारणालाई प्रवर्द्धन गर्नु रहेको कार्यक्रमको अध्यक्ष श्री नागेन्द्रप्रसाद रौनियारले बताउनुभयो।
  • कार्यक्रमकी प्रमुख वक्ता दिदी बरखा आनन्दले शिवको गुरुत्वबारे चर्चा गर्दै भनिन्, “शिव केवल नामका लागि गुरु होइनन्, उहाँ कर्मका गुरु पनि हुनुहुन्छ।

सर्लाही।

शिव शिष्य हरीन्द्रानन्द फाउंडेशनको आयोजनामा तीन बिघा मैदान, मलंगवामा शिव गुरु महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवको उद्देश्य महेश्वर शिवलाई गुरु स्वरूपमा स्वीकार गर्दै समाजमा शिव शिष्यताको अवधारणालाई प्रवर्द्धन गर्नु रहेको कार्यक्रमको अध्यक्ष श्री नागेन्द्रप्रसाद रौनियारले बताउनुभयो।

कार्यक्रमकी प्रमुख वक्ता दिदी बरखा आनन्दले शिवको गुरुत्वबारे चर्चा गर्दै भनिन्, “शिव केवल नामका लागि गुरु होइनन्, उहाँ कर्मका गुरु पनि हुनुहुन्छ। शिवको औढरदानी स्वरूपले मानिसलाई धन, धान्य, सन्तान, सम्पत्ति मात्र होइन, ज्ञान प्राप्तिका लागि पनि प्रेरणा दिन्छ।” दीदी आनन्दले शिवलाई सम्पूर्ण मानवजातिका गुरु मान्न सकिने बताउँदै शिव शिष्यताका लागि कुनै पारम्परिक विधि वा दीक्षाको आवश्यकता नरहेको स्पष्ट पारिन्।

शिव शिष्यताको सुरुवात सन् १९७४ मा शिव शिष्य साहब श्री हरीन्द्रानन्द जीले गरेको स्मरण गराउँदै, दिदी आनन्दले भन्नुभयो, “शिवलाई गुरु मान्नु केवल आध्यात्मिक चेतना जगाउनु मात्र होइन, मानवताका लागि सहिष्णुता र समानताको भावनालाई प्रोत्साहन गर्नु पनि हो।”

त्यसैगरि कार्यक्रमका अर्का वक्ता अर्चित आनन्दले शिव शिष्यका लागि तीन सूत्रबारे प्रकाश पार्दै भने:

१. शिवलाई मनमनै सम्बोधन गर्दै आफूलाई उहाँको शिष्य स्वीकार गर्ने

२. अरूलाई पनि “शिव गुरु हुन्” भन्ने सत्य सुनाउन प्रयास गर्ने।

३. शिवलाई मनमनै वा “नमः शिवाय” मन्त्रद्वारा प्रणाम गर्ने।

उहाँले थप स्पष्ट पार्नुभयो कि शिव शिष्यतामा कुनै अन्धविश्वास वा आडम्बरको स्थान छैन।

कार्यक्रममा छिमेकी देश भारत र नेपालका विभिन्न जिल्लाहरुबाट हजारौंको संख्यामा उपस्थिति जनाएको थियो। वक्ताहरूले शिव गुरु महोत्सवले समाजमा सहिष्णुता, समानता र आध्यात्मिक उन्नतिका सकारात्मक प्रभाव पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार
जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा