दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो

सारांश

  • भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।
  • उनलाई आज बिहान भारत आसामको गुवाहाटी हुँदै गाडीमा राखेर झापाको काँकडभिट्टा ल्याइएको थियो ।
  • झापा ल्याउने बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

२९ चैत, काठमाडौं ।

भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनलाई आज बिहान भारत आसामको गुवाहाटी हुँदै गाडीमा राखेर झापाको काँकडभिट्टा ल्याइएको थियो । झापा ल्याउने बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । उनलाई झापा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको एक प्रहरी अधिकृतले बताए । उनलाई आजै विमानमार्फत् काठमाडौं ल्याउने तयारी छ ।

भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । दुर्गा प्रसाईंलाई ल्याउँदै गर्दा काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए ।

त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत पसेका थिए । प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
भारतीय सेना भन्छ – भारतले पहलगाम घटना बिर्सेको छैन
भारतीय सेना भन्छ – भारतले पहलगाम घटना बिर्सेको छैन
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने
नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने