पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन

सारांश

  •   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुराना कार र भ्यानका इन्जिन फालेर तिनलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी गरेको छ।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विगतका सरकारले त्यस्तो अनुमति नदिएकामा वर्तमान सरकारले त्यो व्यवस्था गर्न लागेको जानकारी दिएका हुन्।
  • ‘लौ सुन्नु होस् राम्रो कुरा- नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरेका थिए।

३ मंसिर, काठमाडौं । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुराना कार र भ्यानका इन्जिन फालेर तिनलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विगतका सरकारले त्यस्तो अनुमति नदिएकामा वर्तमान सरकारले त्यो व्यवस्था गर्न लागेको जानकारी दिएका हुन्।

‘लौ सुन्नु होस् राम्रो कुरा- नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरेका थिए। तर लोभीपापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यसो गर्ने अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्दै छ’, शिक्षामन्त्री पुनले बुधबार बिहान भनेका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक शिक्षामन्त्री पुन विज्ञान र प्रविधिमा निकै चासो राख्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?