अनियमितताको आरोपमा वडाध्यक्षद्वारा मेयर–अधिकृतमाथि आक्रमणको प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
अनियमितताको आरोपमा वडाध्यक्षद्वारा मेयर–अधिकृतमाथि आक्रमणको प्रयास

सारांश

  • हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो साँझ आक्रमणको प्रयास भएको छ ।
  • लालबन्दी बजारमा रहेको अधिकृत साह बस्दै आएको भाडाको कोठामा आएर हरिपुर्वाका केही वडाध्यक्षको नेतृत्वमा स्थानीयले आक्रमणको प्रयास गरेका हुन् ।
  • आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र ‘हाकिम’ मिलेर लालबन्दीबाटै नगरपालिकाको कार्यालय सञ्चालन गरी अनियमिता गरेको र पालिकाभित्रका नागरिकको समस्याप्रति बेवास्ता गरेको आरोप लगाएका छन् ।

सर्लाही । हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो साँझ आक्रमणको प्रयास भएको छ ।

लालबन्दी बजारमा रहेको अधिकृत साह बस्दै आएको भाडाको कोठामा आएर हरिपुर्वाका केही वडाध्यक्षको नेतृत्वमा स्थानीयले आक्रमणको प्रयास गरेका हुन् । आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र ‘हाकिम’ मिलेर लालबन्दीबाटै नगरपालिकाको कार्यालय सञ्चालन गरी अनियमिता गरेको र पालिकाभित्रका नागरिकको समस्याप्रति बेवास्ता गरेको आरोप लगाएका छन् ।

नगरपालिका कार्यालयले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत साह बस्ने कोठामा रहेका टेबल, कुर्सीसहित अन्य सरसामग्री तोडफोड भएको छ । मेयर र हाकिममाथि आक्रमणको प्रयास भएपछि जोगाउन खोज्दा हरिपुर्वा नगरपालिका–६, का वडाध्यक्ष रामसोगारथ राय यादवको नाक र आँखामा सामान्य चोट लागेको छ ।

तत्कालै इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली घटनास्थलमा पुगेर रोकेपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात हुन पाएन । हरिपुर्वा नगरपालिका ८ का वडाध्यक्ष रामेश्वर रायले प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमा बस्ने र कार्यालयको कागजात झोलामा राखेर लालबन्दीबाटै नगरपालिका चलाएको आरोप लगाएका छन् ।

चपुर घर भएका प्रमुख प्रशासकीय अधिकृत साहले कार्यालयमा कर्मचारी नियुक्ति गर्दा, विभिन्न ठेक्कापट्टाको फर्म छनौट गर्दालगायत अन्य काममा चन्द्रनिगाहपुरकै मानिसलाई प्राथमिकता दिएको असन्तुष्ट वडाध्यक्षहरुको आरोप छ ।

तर मेयर तेलीले भने जेनजी आन्दोलनको क्रममा नगरपालिका कार्यालयमा तोडफोड भएपछि भएका कागजात र उपकरण जलेपछि अब के–कसरी सेवा दिने, भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल भइरहँदा एक्कासी अराजक शैलीमा आक्रमण गरिएको बताएका छन् । उनले जेनजी आन्दोलनमा आगजनी गर्ने कार्यमा संलग्नहरु नै आज लालबन्दीमा आएर हुलहुज्जत गरेको समेत आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा  मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली