छुट्टै वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने गृहमन्त्री लेखकको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
छुट्टै वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने गृहमन्त्री लेखकको घोषणा

सारांश

  • सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार सञ्चारकर्मीसित कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताए ।
  • प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसद्मा दर्ता गर्ने तथा सशस्त्र प्रहरी बलको ऐनलाई टुंग्याएर मन्त्रिपरिषद्मा पठाउने उनले जानकारी दिए ।
  • ‘प्रहरीका केही कानून धेरै पुराना भएकाले हामीले प्रहरी ऐनको विधेयकको मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पठाउने तयारी गरिरहँदा केही प्रहरी अधिकृतले सर्वोच्च अदालतमा निवेदन दिनुभयो,’ गृहमन्त्री लेखकले भने, ‘सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सैद्धान्तिक रूपमा मेल नखाने देखिएपछि भ्याकेट निवेदन दिएका छौं ।
१४ भदौ , काठमाण्डु – गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रूपमा अनुसन्धान गर्न ‘वित्तिय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताएका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार सञ्चारकर्मीसित कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताए ।
प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसद्मा दर्ता गर्ने तथा सशस्त्र प्रहरी बलको ऐनलाई टुंग्याएर मन्त्रिपरिषद्मा पठाउने उनले जानकारी दिए ।
‘प्रहरीका केही कानून धेरै पुराना भएकाले हामीले प्रहरी ऐनको विधेयकको मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पठाउने तयारी गरिरहँदा केही प्रहरी अधिकृतले सर्वोच्च अदालतमा निवेदन दिनुभयो,’ गृहमन्त्री लेखकले भने, ‘सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सैद्धान्तिक रूपमा मेल नखाने देखिएपछि भ्याकेट निवेदन दिएका छौं ।
सर्वोच्च अदालतको आदेश सबैका लागि मान्य हुने उनको भनाइ थियो ।
सर्वोच्च अदालतले २०७०/७१ मा नियमावलीमा भएको व्यवस्था ऐनमा व्यवस्था गर्न सरकारलाई दिएको आदेश यतिका दिनसम्म पालना नभएको उल्लेख गर्दै उनले आफूले पदभार ग्रहण गरेपछि सो कार्य अघि बढाएको जानकारी दिए ।
गृहमन्त्री लेखकले उत्तरमा तिंकर नाका तथा कोरला नाकाका साथै दक्षिणतर्फ बेलहिया नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए । राष्ट्रिय परिचय पत्रलाई थप व्यवस्थित पार्ने, कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् शिक्षालयबाट विद्यार्थीलाई तालिम दिएर स्वयंसेवकका रूपमा खटाउने, केन्द्रीय नागरिकता सूचना प्रणालीलाई वडास्तरमा लैजाने तथा ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।
सरकार गठनको १०० दिनको अवधिलाई ध्यानमा राख्दै विभिन्न कामहरू प्राथमिकतामा राखेर काम अघि बढाइएको गृहमन्त्री लेखकको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं
सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं
सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक
सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
सिन्धुपाल्चोकमा मानव कंकाल फेला
सिन्धुपाल्चोकमा मानव कंकाल फेला
दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका
दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो