इनिशा ह*त्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
इनिशा ह*त्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन

सारांश

  • सामुदायिक जंगलमा मृ*त अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घ*टनामा निष्पक्ष छानबिनको माग सुर्खेतमा प्रदर्शन गरिएको छ।
  • मृ*तकका आफन्त र अधिकारकर्मीहरुले ‘बालिकामाथि हुने बलात्कार, ह*त्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित पीडित परिवार र आफन्तले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।
  • शनिबार बिहान घरबाट निस्किएकी इनिशा अबेरसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए ।

२७ फागुन,सुर्खेत ।

सामुदायिक जंगलमा मृ*त अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घ*टनामा निष्पक्ष छानबिनको माग सुर्खेतमा प्रदर्शन गरिएको छ।मृ*तकका आफन्त र अधिकारकर्मीहरुले ‘बालिकामाथि हुने बलात्कार, ह*त्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित पीडित परिवार र आफन्तले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

शनिबार बिहान घरबाट निस्किएकी इनिशा अबेरसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए । सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा इनिशा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का एक युवकलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

मृ*तकका आफन्तले इनिशामाथि बलात्कारपछि ह*त्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । इनिशामाथि बलात्कार भएको वा नभएकोबारे चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा शनिबार बिहान प्रयोगात्मक छ भनेर घरबाट निस्किएकी थिइन् । बिहान ८ बजेसम्म घर आउने भनेर गएकी इनिशा ९ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको इनिशाकी आमाले जानकारी दिईन् ।

घटनास्थल इनिशाको रक्ताम्मे शरिर, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको देखेपछि आफूपनि बेहोस् भएको इनिशाकी आमाले बताईन् । इनिशाको सामुहिक बलात्कार पछि हत्या भएको हुनसक्ने आशंका आफन्तले गरेका छन् । उनका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट इनिशामाथि बलात्कारपछि मृत्यु भएको देखिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । इनिशाको हत्या भएको भन्दै आफन्तले दोषिलाई कारवाही नभएसम्म सब नबुझ्ने अडान लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीलाई कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
प्रहरीलाई कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित
प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा