Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
४१ पटक हेरिएको
Shares
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी

सारांश

  • विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका छन् ।
  • संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गरेका छन् ।
  • प्रतिनिधि सभा अन्तर्गत १० वटा विषगत समिति रहेका छन् ।

११ असोज, काठमाडौं ।

विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका छन् । संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गरेका छन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषगत समिति रहेका छन् । संयुक्त दुई वटा समितिको सभापतिमा समेत प्रतिनिधि सभा सदस्य नै थिए । उनीहरू सबैले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकले समेत गाडी फिर्ता गरेका छन् । कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने जलेको छ । गच भदौ २४ गते सिंहदरवारमा आगलागी हुँदा कांग्रेस र एमालेको संसदीय दलको कार्यालय समेत जलेको थियो । त्यसबेला कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी सचिवालय परिसरमै थियो । सरकारले मितव्ययिता अपनाउने भनेर पूर्व राजनीतिक पदाधिकारीहरूको समेत गाडी फिर्ता गराउने भनेको छ । त्यसअनुसार संसद सचिवालयले समेत पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष लगायतको गाडी फिर्ताका लागि पहल लिँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ
बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ
मरिण खोलामा डुबेर एक जनाको मृत्यु
मरिण खोलामा डुबेर एक जनाको मृत्यु
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान