न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

सारांश

  • वैदेशिक रोजगारनाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नविना दाहाल रहेकी छन् ।
  • उनले आकर्षक तलबमा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको प्रहरीको भनाइ छ ।

५ मंसिर काठमाडौं ।

वैदेशिक रोजगारनाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नविना दाहाल रहेकी छन् । उनले आकर्षक तलबमा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको प्रहरीको भनाइ छ ।

नविनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सोमबार काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?