साउनदेखि ट्राफिक कारबाहीमा कडाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १२, २०८३
|
|
२१९ पटक हेरिएको
Shares
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ

सारांश

  • काठमाडौँ उपत्यकाको चोक चोकमा आजभोलि प्रचार सामग्री सहितका विद्यार्थी, स्वयंसेवक र ट्राफिक प्रहरीहरू भेटिन्छन् ।
  • काठमाडौँ, भक्तपुर र ललितपुरमा सड्क सुरक्षा सम्बन्धी अभियानमा उनीहरू खटिएका हुन् ।
  • उनीहरुले सडकमा चालकलाई नियम नतोड्न आग्रह गर्दै तोडे कडा कारबाही हुनेतर्फ सचेत गराउँदै आएका छन् ।

१२ असार, काठमाडौं ।

काठमाडौँ उपत्यकाको चोक चोकमा आजभोलि प्रचार सामग्री सहितका विद्यार्थी, स्वयंसेवक र ट्राफिक प्रहरीहरू भेटिन्छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा सड्क सुरक्षा सम्बन्धी अभियानमा उनीहरू खटिएका हुन् । उनीहरुले सडकमा चालकलाई नियम नतोड्न आग्रह गर्दै तोडे कडा कारबाही हुनेतर्फ सचेत गराउँदै आएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विमान परिचारिका अर्थात एयर होस्टेसलाई पनि सचेतना कार्यक्रममा परिचालन गरिरहेको छ । एयर होस्टेस परिचालनमा गिता एभिएसन सँग ट्राफिक प्रहरीले सहकार्य गरेको छ । रोबोटिक प्रविधिबाट पनि सचेतना गराउन ट्राफिक प्रहरीले एउटा निजी कम्पनीसँग सहकार्य गरिरहेको छ । ‘युनिट्री नेपाल’सँगको समन्वयमा रोबोटलाई ‘प्रोग्रामिङ’ गर्ने काम भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले  बताए । उनले भने, ‘रोबोटिक प्रविधिबाट जेब्रा क्रसिङ्गमा बाटो काट्न र रातो बत्तीको पालना गराउन यात्रु र चालकलाई सिकाउने हाम्रो योजना छ ।’

सुधन गुरुङ गृहमन्त्रीमा पुनर्बहाली भएसँगै उनकै निर्देशनमा ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो । गुरुङ जेठ २६ मा पुनर्बहाली भएका थिए । सचेतना अभियान असार महिनाभर चल्ने एसपी सुवेदीले  जानकारी दिए । उनले भने, ‘काठमाडौँ उपत्यकाको हरेक घरमा ट्राफिक नियम पालना गर्नुपर्ने सन्देश पुग्ने गरी योजना बनाएर लागु गरेका छौँ ।’ घर घरमा सड्क सुरक्षा सम्बन्धी सन्देश पुर्‍याएसँगै ट्राफिक प्रहरीले साउन महिनादेखि ट्राफिक कारबाहीलाई कडाइपूर्वक लागु गर्ने भएको छ । सचेतना अभियान सफल बनाउन ट्राफिक प्रहरीले चलचित्रकर्मी, विद्यालय, स्वयंसेवक र नागरिक समाजसँग सहकार्य गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विद्यालयहरूमा मुलगेटमा राख्न आग्रह गर्दै सड्क सुरक्षा सम्बन्धी २२ वटा बुँदा तयार गरेर पठाएको छ । एसपी सुवेदी भन्छन्, ‘ती बुँदाहरूमा सड्क प्रयोगकर्ताले कस्ता काम गर्नुपर्छ भनेर उल्लेख गरेका छौँ ।’

ट्राफिक प्रहरीले गीतको माध्यमबाट पनि सचेतना फैलाइरहेको छ । त्यस्तै, सामाजिक सञ्जाल मार्फत पनि सचेतना सामग्री उत्पादन र प्रसारण गरिएको एसपी सुवेदीले बताए । साउन महिनादेखि ट्राफिक कारबाहीलाई कडाइ पूर्वक लागु गर्ने योजना उपत्यका ट्राफिक प्रहरी कार्यालयले बनाएको छ । जरिवाना र कारबाहीमा कडाइ नगर्दा थप दुर्घटना बढ्न सक्ने निष्कर्ष निकालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बताए । उनले भने, ‘हामी कारबाहीमा निर्मम हुनैपर्छ ।’ सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार ट्राफिकले अहिले सवारी नियम उल्लङ्घन गर्ने सवारी र सवारी धनीलाई ५ सय देखी ५ हजार रुपैयाँसम्म मात्रै जरिवानाको व्यवस्था छ । त्यसलाई परिमार्जन गर्दै न्यूनतम ५ हजार देखी ५० हजार सम्म बनाउनुपर्ने एसएसपी काफ्लेले बताए ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ संशोधन गर्दै जरिवाना बढाउने गरी कानुन बनाउन मस्यौदा तयार गरेको छ । मस्यौदा अघि बढाउने गरी छलफल भइरहेको विभागका अधिकृतहरू बताउँछन् ।  एसएसपी काफ्ले पनि सवारी नियम उल्लङ्घन गर्नेहरूसँग ‘हेभी फाइन’ लिने गरी कानुन संशोधन गर्नुपर्ने बताउँछन् । ‘थोरै जरिवाना हुँदा नियम उल्लङ्घन बढेको छ, त्यसमा ५ देखी ५० हजार राख्नुपर्ने गरी ऐनमा नै परिवर्तन गर्नुपर्छ ।’  अहिले नियम उल्लङ्घन गर्दा एकछिन सचेतना कक्षा लिएर ५ सय तिरे भइहाल्छ भन्ने मानसिकता रहेको काफ्लेले बताए । उनले भने, ‘त्यस्तो मानसिकता परिवर्तन गर्नुपर्ने देखिन्छ ।’ अन्तर्राष्ट्रिय अभ्यास पनि धेरै जरिवाना लिने नै रहेको काफ्लेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प
कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प
भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा
भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा
आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना
अदालत पुगेका रवि लामिछाने भन्छन् :ओलीले लगाएको गुन तिर्न अएको हुँ
अदालत पुगेका रवि लामिछाने भन्छन् :ओलीले लगाएको गुन तिर्न अएको हुँ
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
दुईजना मोस्टवान्टेड भारतीय अपराधी अमेरिकन हतियारसहित पक्राउ
दुईजना मोस्टवान्टेड भारतीय अपराधी अमेरिकन हतियारसहित पक्राउ
रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर
रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड