Press 4K
शनिबार, ९ श्रावण २०८३

२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
९२ पटक हेरिएको
Shares
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ।
  • मन्त्रालयले विमानस्थलहरूमा सरसफाइ, सुरक्षा तथा गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन गर्न, आवश्यकताअनुसार स्तरोन्नति गर्न तथा बिरामी र विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष व्यवस्था गर्नसमेत निर्देशन दिएको हो।
  • यससँगै विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार कायम गर्न, दैनिक ‘लगबुक’ प्रणालीमार्फत सरसफाइको अभिलेख राख्न र विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।

२७ चैत,काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ। मन्त्रालयले विमानस्थलहरूमा सरसफाइ, सुरक्षा तथा गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन गर्न, आवश्यकताअनुसार स्तरोन्नति गर्न तथा बिरामी र विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष व्यवस्था गर्नसमेत निर्देशन दिएको हो।

यससँगै विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार कायम गर्न, दैनिक ‘लगबुक’ प्रणालीमार्फत सरसफाइको अभिलेख राख्न र विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ। शौचालयमा महिला यात्रुका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला द्वारा जारी निर्देशनमा उक्त व्यवस्था कार्यान्वयन गरी मन्त्रालयलाई जानकारी गराउन भनिएको छ। साथै, नागरिक तथा यात्रुलाई पनि निर्देशन कार्यान्वयन भए÷नभएकोबारे मन्त्रालयका सूचना अधिकारीलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु
एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु
माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह
माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...