बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु

सारांश

  • पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
  • बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटाँैडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
  • मृतक अन्सारी ना५ख ८६६८ नं को ट्रकको धनी रहेको खुलेको छ ।

 

 १५ वैशाखः  बागमती, 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटाँैडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मृतक अन्सारी ना५ख ८६६८ नं को ट्रकको धनी रहेको खुलेको छ । सोही एरियामा बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पु¥याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको उपरीक्षक अन्सारीको भनाइ छ । ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...