कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा

सारांश

  • आफ्नो कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेयलीले राजीनामा दिएका छन् ।
  • बेयलीले गत हप्ता एक कर्मचारीको हातको माथिल्लो भागमा ‘समातेका’ थिए, जसलाई उनले ‘असहनशील’ व्यवहार भनेर स्वीकार गरेका हुन् ।
  • बेयलीले सोमबार घटनाप्रति माफी माग्दै त्यसलाई विवादभन्दा पनि ‘बहस’ को संज्ञा दिए ।

 

१२ फागुन,  काठमाडौं । आफ्नो कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेयलीले राजीनामा दिएका छन् । बेयलीले गत हप्ता एक कर्मचारीको हातको माथिल्लो भागमा ‘समातेका’ थिए, जसलाई उनले ‘असहनशील’ व्यवहार भनेर स्वीकार गरेका हुन् ।

बेयलीले सोमबार घटनाप्रति माफी माग्दै त्यसलाई विवादभन्दा पनि ‘बहस’ को संज्ञा दिए । उनले मन्त्री पदबाट राजीनामा दिए पनि सांसद पदमा भने कायम रहेका छन् । उनी विवादमा तानिएको यो पहिलो अवसर भने होइन । उनले गत अक्टोबरमा वाइन उद्योगका कर्मचारीलाई ‘लुजर’ भन्दै आफ्नो निधारमा हातले ‘एल’ शब्दको आकार बनाएका थिए ।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनका अनुसार यो घटना गत मंगलबार भएको थियो भने बेयलीले शुक्रबार आफ्नो राजीनामा पेस गरेका थिए । बेयली न्युजिल्याण्डको संसद्मा पहिलो पटक सन् २०१४ मा निर्वाचित भएका थिए । राजनीतिमा आउनअघि उनी आर्थिक क्षेत्रमा क्रियाशील थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?