माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

सारांश

  • माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
  • अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
  • सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ । उनले रिटनिवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ
गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने