पोखरीमा डुबेर बालिकाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पोखरीमा डुबेर बालिकाको मृत्यु

सारांश

  • आमासँगै मामाघर आएकी २ वर्षीया रोशनी मुखियाको मृत्यु भएको हो।
  • मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जहदा गाउँपालिका–४ स्कुल टोलमा रहेको सार्वजनिक पोखरीमा डुबेर मन्तिदेवी मुखियाकी २ वर्षीया छोरी रोशनीको मृत्यु भएको बताए।
  • मन्तिदेवीको घर भारतको अररिया सोनापुर हो।

 

२७ फागुन, विराटनगर : मोरङमा सार्वजनिक पोखरीमा डुबेर नाबालिकाको मृत्यु भएको छ। आमासँगै मामाघर आएकी २ वर्षीया रोशनी मुखियाको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जहदा गाउँपालिका–४ स्कुल टोलमा रहेको सार्वजनिक पोखरीमा डुबेर मन्तिदेवी मुखियाकी २ वर्षीया छोरी रोशनीको मृत्यु भएको बताए।

मन्तिदेवीको घर भारतको अररिया सोनापुर हो। उनी नाबालिका छोरीलाई लिएर सोमबार मात्रै जहदास्थित माइती घर आएकी थिइन्। डीएसपी जोशीले मन्तिदेवीको माइती घरनजिकै रहेको पोखरीमा डुबेर उनकी नाबालिका छोरीको मृत्यु भएको जानकारी दिए। डुबेर घाइते भएको अवस्थामा देखेर आफन्त उद्धार गरी नाबालिकालाई सोमबार साँझ उपचारका लागि अस्पताल पुर्याएका थिए।

विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।  खेल्ने क्रममा नाबालिका पोखरीमा खसेर डुबेको हुनसक्ने बताउँदै डीएसपी जोशीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?