पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
३० पटक हेरिएको
Shares
पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना

सारांश

  • नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् ।
  • महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।
  • यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् ।

२० वैशाख, काठमाडौं–

पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् । महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । पत्रकारमाथि धम्की, धरपकड तथा दुर्व्यवहार अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासङ्घको ठहर छ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले उक्त तथ्य सार्वजनिक गरेको हो । महासङ्घले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चार माध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती, घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाको घटनाका कारण विस्थापित हुनुपरेको घटनामा खेद प्रकट गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या