न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ३०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

सारांश

  • आयोजक भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
  • चौंथो पटक फाइनल प्रवेश गर्ने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको हो।
  • भारत यसअघि १९८३, २००३ र २०११ मा एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको थियो।

काठमाडौं। आयोजक भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। चौंथो पटक फाइनल प्रवेश गर्ने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको हो। भारत यसअघि १९८३, २००३ र २०११ मा एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको थियो।

आयोजक भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ३ सय ९८ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा न्युजिल्यान्ड ४८.५ ओभरमा अलआउट हुँदै ३ सय २७ रनमा समेटियो।

भारतले दिएको फराकिलो लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका ड्यारी मिचेलले सर्वाधिक १ सय ३४ रनको शतकीय इनिङ खेले। तर टिमको हार टार्न भने उनको शतक पर्याप्त भएन। त्यस्तै कप्तान केन विलियमसनले ६९ रन बनाउँदा डेभन कनवे र रचिन रविन्द्रले समान १३-१३ रन बनाए। ग्लेन फ्लिप्स ४१ रनमा आउट भए।

भारतको जितमा मोहम्मद शामीले ७ विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित समेत भए। त्यस्तै जसप्रित बुमराह, मोहमद सिराज र कुलदीप यादवले समान १-१ विकेट लिए। त्यसअघि मुम्बईको वांखडे मैदानमा पहिले ब्याटिङ गरेको भारतले न्युजिल्यान्डसमक्ष ३ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। विराट कोहली र श्रेयस अय्यरले शतकीय इनिङ खेलेपछि भारतले किवी टोली समक्ष विशाल स्कोर बनाउन सफल भयो।

विराट कोहलीले ११३ बलमा १ सय १७ रन बनाएर आउट हुँदा उनले करिअरको ५० औं एकदिवसीय शतक प्रहार गर्दै सचिन तेन्दुलकरको कीर्तिमान भंग गरे। त्यस्तै श्रेयस अय्यरले ७० बलमा १ सय ५ रनको उच्च स्कोर बनाए। अय्यरले जारी विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरे। त्यस्तै शुभमन गिलले ६६ बलमा ८० रन बनाउँदा रोहित शर्माले २९ बलमा ४७ रन बनाए।त्यस्तै भारतको उच्च स्कोरमा केएल राहुलले २० बलमा ३९ रनको अविजित इनिङ खेले। न्युजिल्यान्डका लागि टिम साउदीले २ विकेट लिए।

अब भारतले बिहीबार हुने दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको विजेतासँग आगामी आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको बाक्लो उपस्थितिमा पाटन क्याम्पसमा मतदान जारी
प्रहरीको बाक्लो उपस्थितिमा पाटन क्याम्पसमा मतदान जारी
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
रुसी आक्रमणमा  युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज

तपाईंले छुटाउनुभयो कि?