विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की

सारांश

  •    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यसंयन्त्रअन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
  • ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले विपद्जन्य घटना र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सहयोग र सहकार्यसहित एकीकृत प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  • मुख्यमन्त्री कार्कीले विपद् न्यूनीकरण, उद्धार, राहत वितरणका क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको भूमिका महत्वपूर्ण रहेकाले सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

६ जेठ, विराटनगर ।  

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यसंयन्त्रअन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले विपद्जन्य घटना र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सहयोग र सहकार्यसहित एकीकृत प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले विपद् न्यूनीकरण, उद्धार, राहत वितरणका क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको भूमिका महत्वपूर्ण रहेकाले सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यस वर्ष औषत वर्षा बढी हुने मौसम विज्ञहरुको भनाइ उद्धृत गर्दै मनसुसन सुरु हुनुअघि नै कोशी प्रदेशका केही ठाउँमा विपद्का घटनाहरु देखिएकाले त्यसतर्फ स्थानीय निकाय, प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार निकायका बीच समन्वय हुुनपर्नेमा जोड दिनुभयो । विराटनगर विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर राख्ने व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक वर्षअघि पत्राचार गरे पनि अझैसम्म अनुमति प्राप्त नभएकामा दुःख व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा ढिलासुस्ती हुँदा अपूरणीय क्षति व्यहोर्नु परेकोतर्फ सम्बद्ध निकायको ध्यान जाओस् भन्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार विपद्जन्य घटनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न गम्भीर रहेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा विपद् जोखिम न्यूनीकरण गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरेको र आगामी वर्ष बजेट थप गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशमा विपद्का दृष्टिले जोखिम क्षेत्रहरूको नाप–नक्सासहित पहिचान भइसकेका जानकारी दिँदै जोखिम हुने त्यस्ता ठाउँमा कार्यगत योजना बनाई क्षति न्यूनीकरणका पक्षमा सरकार जुटेको बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित विपद् व्यवस्थापनसम्बन्धी दुईदिने सो अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारीसमेत गरी ९० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
न्युरोडको फूटपाथ बिस्तारमा स्थानीयको अवरोध
न्युरोडको फूटपाथ बिस्तारमा स्थानीयको अवरोध
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की  श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
चन्द्रनगर गाउँपालिकाको बन्दै छ सुविधायुक्त प्रशासनिक भवन
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य
नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य
बेमौसमी वर्षाले  रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति
बेमौसमी वर्षाले  रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति